+
+
Shares

खाली गरियो थापाथलीको बस्ती, गैरीगाउँमा पनि आजै डोजर जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएपछि काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ।
  • थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
  • सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो।

१२ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।

सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?