News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश निर्माण व्यवसायी महासंघले मूल्यवृद्धिअनुसार आयोजनाका ठेक्कालाई समायोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ।
- महासंघले निर्देशिका २ तत्काल जारी गरी सबै अवधिको ठेक्कामा मूल्य वृद्धिलाई समायोजन गरी राहत दिन आग्रह गरेको छ।
- महासंघले निर्माण आयोजना म्याद थपका लागि बैंक ग्यारेन्टी, इन्स्योरेन्स र क्षतिपूर्तिसहित पहल गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
१६ वैशाख, काठमाडौं । बागमती प्रदेश निर्माण व्यवसायी महासंघले मूल्यवृद्धिअनुसार आयोजनाका ठेक्कालाई समायोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।
पछिल्लो समय इन्धनको मूल्य विश्वव्यापी बढेको र यसले गर्दा आयोजनाको निर्माण लागत महँगो परिरहेको उल्लेख गर्दै महासंघले मूल्य समायोजनको माग निर्देशिका २ तत्काल जारी गर्न र सबै अवधिको ठेक्काको हकमा मूल्य वृद्धिलाई समायोजन गरी पीडित सबै निर्माण व्यवसायीलाई राहत दिन आग्रह गरेको हो ।
‘निर्माण उद्योगलाई धरासायी हुनबाट बचाउन आग्रह गर्दछौं, साथै अहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजना पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा थप क्षतिपूर्तिसहित आयोजनाहरुको म्याद थपका लागि पहल गरिदिन बागमती प्रदेश निर्माण व्यवसायी महासंघ माग गर्दछ’ बागमती प्रदेश मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
इन्धनसहित अन्य निर्माण सामग्रीको मूल्य समेत बढिरहेका बेला सरकारले त्यसलाई आयोजनाको लागत हिसावमा नसमेट्ने गरेको निर्माण व्यवसायीले बारम्बार गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया 4