+
+
Shares

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते ६:४१

१७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

त्यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने बताइएको छ ।

बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ जयन्ती मनाउन लागिएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए ।

कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई आग्रह गरिएको उनले बताए ।

पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?