+
+
Shares

रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ।
  • दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् र १ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
  • डीएसपी वीरेन्द्रवीर विश्वकर्माले भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिनुभएको छ।

१७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् ।

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ । भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?