News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशबारे संविधानविद्हरूसँग छलफल गरिरहेका छन्।
- अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा उक्त छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
- सरकारले सिफारिस गरेका सहकारीसम्बन्धी, संवैधानिक परिषद्, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको थियो।
१७ वैशाख, काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् ।
अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
‘अहिले छलफल भइरहेको छ,’ उनले भने । राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाएका थिए ।
छलफलअघि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
सरकारले सिफारिस गरेका अन्य अध्यादेशबारे राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श लिन लागेका हुन् ।
संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
प्रतिक्रिया 4