+
+
Shares

इलाम साहित्य महोत्सवबाट शैलेन्द्रको उपन्यास ‘तेजस्’को कभर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक शैलेन्द्र अधिकारीको चौथो आख्यान 'तेजस्' इलाम साहित्य महोत्सवमा सार्वजनिक गरिएको छ।
  • 'तेजस्'मा काठमाडौंको निर्माणदेखि देश निकाला गरिएका भिक्षुहरूको कथा र बौद्ध दर्शन समेटिएको छ।
  • पुस्तक शिखा बुक्सले बजारमा ल्याउन लागेको छ र यसमा बौद्ध दर्शनमा आधारित कथा समावेश गरिएको छ।

१९ वैशाख, काठमाडौं । लेखक शैलेन्द्र अधिकारीको चौथो आख्यान ’तेजस्’ आउने भएको छ ।

शुक्रबार इलाम साहित्य महोत्सवको पाँचौँ संस्करणमा कवि तथा लेखकहरू प्रकाश थाम्सुहाङ, अमर न्यौपाने, केशव दाहाल, दीपक सापकोटा, उमा सुवेदी र आख्यानकार अधिकारीले संयुक्त रूपमा पुस्तकको कभर सार्वजनिक गरेका हुन् ।

कभर सार्वजनिक गर्दै लेखक सापकोटाले तेजस् नागरिक भएर पनि अनागरिक हुन बाध्य पारिएका जनताको कथा भएको बताए ।

‘यसमा काठमाडौं शहरको निर्माणदेखि विभिन्न समयमा देश निकाला गरिएका भिक्षुहरूको कथा समेटिएको छ,’ उनले भने, ‘बौद्ध दर्शन, विपश्यना ध्यान सम्मका विषय समेटिएको यो उपन्यास बौद्ध दर्शनमा आधारित छ ।’

यसअघि अधिकारीका अर्हत्, निर्वेध र कथासङ्ग्रह ब्रम्हाश्त्र पुस्तक प्रकाशित छन् ।

‘तेजस्’मा काठमाडौंको सभ्यता र बौद्ध दर्शनको कथावस्तु समेटिएको अधिकारीले बताए ।

पुस्तक शिखा बुक्सले बजारमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?