+
+
Shares

प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

पत्रकारलाई अवरोध छैन, पछिल्लो गाडीबारे बुझेका हौं– प्रधानमन्त्री कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठकअघि सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको छ।
  • प्रधानमन्त्री बालेन शाहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारप्रति असन्तुष्टि व्यक्त गरेपछि सुरक्षाकर्मीहरूले सञ्चारकर्मीलाई तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए ।

२१ वैशाख, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलन (भिडियो खिच्न) मा अवरोध पुर्‍याइएको छ ।

कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीहरूसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले भने पत्रकारलाई सूचना संकलनमा अवरोध नपुर्याइएको, बरु प्रधानमन्त्रीको कारकेडलाई पछ्याउँदै आउने गाडीबारे प्रधानमन्त्री बालेन शाह स्वयंले चासो राख्न पुग्दा अलमलजस्तो देखिन गएको स्पष्टीकरण दिएको छ ।

‘पत्रकारलाई रोक्ने कुनै नीति छैन, पछिल्लो गाडीबारे बुझ्न खोजिएको मात्र हो,’ प्रेस संयोजक दीपा दाहालले अनलाइनखबरसँग भनिन्, ‘भोलिका दिनमा अझै चुस्त वातावरण बनाउँछौं । पत्रकारका लागि अवरोध हुने छैन ।’

समाचार अपडेट गरिएको । न्युज एजेन्सी नेपालको सहयोगमा । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?