+
+
Shares

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी फरार सुवास लावतीलाई युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।
  • सुवास लावतीले वैदेशिक रोजगारीमा सर्बिया पठाइदिन्छु भनी ११ लाख ६१ हजार रूपैयाँ ठगी गरेको आरोप छ।
  • उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको छ।

३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् ।

एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको आरोप उनीमाथि छ ।

ठगेर फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?