+

पीएसजीले लगातार पाँचौ पटक जित्यो फ्रेन्च लिग वान उपाधि

२०८३ वैशाख  ३१ गते १३:११ २०८३ वैशाख ३१ गते १३:११
पीएसजीले लगातार पाँचौ पटक जित्यो फ्रेन्च लिग वान उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेरिस सेन्ट जर्मेनले लगातार पाँचौं र समग्रमा १४औं फ्रेन्च लिग वान उपाधि जितेको छ ।
  • पीएसजीले लेन्सलाई २-० ले पराजित गर्दै सिजनको लिग उपाधि पक्का गरेको हो ।
  • पीएसजीले मे ३० मा युइएफए च्याम्पियन्स लिग फाइनलमा आर्सनलसँग खेल्नेछ ।

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौ पटक र समग्रमा १४औं फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

लिग अन्तर्गत गएराती भएको खेलमा लेन्सलाई २-० ले पराजित गर्दै पीएसजीले उक्त खेल अगावै यस सिजनको लिग उपाधि पक्का गरेको हो ।

लेन्सको मैदानमा भएको खेलमा पीएसजीका लागि कभिचा कभारात्खेलियाले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इब्राहिम एमबायेले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेका थिए ।

पीएसजीका म्यानेजर लुइस एनरिकेले यो उपाधि सबैभन्दा मिठो र कठिन भएको भएका छन् । ‘यो हाम्रो सबैभन्दा मिठो र सबैभन्दा कठिन उपाधि हो । नि:सन्देह, पछिल्ला तीन वर्षमध्ये यो जित्न सबैभन्दा गाह्रो थियो ।’

एनरिकेले त्यसको एक कारण लेन्सले उत्कृष्ट प्रदर्शन गर्नु रहेको पनि बताए ।

यस्तै एनरिकेले पीएसजीको खेल जित्ने तरिका र लगातार जितको शृंखला लगायत सिजनको महत्वपूर्णहरु क्षणहरु सम्झिएको पनि बताए ।

पीएसजीले सबैभन्दा धेरै १४ पटक फ्रेन्च लिग वान उपाधि जितेको छ । सेन्ट एटिएनले १० पटक उपाधि जितेको छ ।

पछिल्ला १४ सिजनमध्ये पीएसजी १२ पटक च्याम्पियन बनेको छ । सन् २०१२-१३ को सिजन आफ्नो तेस्रो लिग उपाधि जितेको पीएसजीले त्यसयता २०१६-१७ र २०२०-२१ को सिजन मात्र लिग जित्न असफल भएको थियो ।

पीएसजीले अब आइतबार लिगको अन्तिम खेलमा शहरी प्रतिद्वन्द्वी पेरिस एफसीसँग खेल्नेछ ।

यस्तै पीएसजीले मे ३० मा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब आर्सनलसँग खेल्नेछ । जहाँ पीएसजी उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने २० वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको आर्सनल पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

 

फ्रेन्च लिग वान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय