+
+
Shares

लगातार तेस्रो दिन घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ र बिहीबार नेप्से १० अंकले घटेर २७३० अंकमा अडिएको छ।
  • आजको कारोबार रकम ३ अर्ब २९ करोड पुगेको छ जुन अघिल्लो दिनको २ अर्ब ८० करोडभन्दा बढी हो।
  • युनियन हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको मूल्य ९.८९ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

३१ वैशाख, काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।

आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार ०.३२ तथा जीवन बीमा ०.०१ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटे ।

युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.२२ तथा सामुदायिक लघुवित्तको २.५० प्रतिशत बढ्यो ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशत घट्यो । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ७.१२, नारायणी डेभलपमेन्ट बैंकको ५.९१, रिजलाइन इनर्जीको ४.७४ र भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?