३१ वैशाख, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको उपकुलपति प्राडा. ऋषिकेश वाग्लेले पदभार ग्रहण गरेका छन ।
प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह(बालेन)ले वाग्लेलाई बुधबार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि उपकुलपतिमा मनोनीत गरेका थिए ।
बिहीबार मनोनीत भएको पत्र प्राप्त भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेल पुगेर वाग्लेले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि निमित्त उपकुलपति वाग्लेले विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिमा सहजीकरण गर्ने, विश्वविद्यालयको सञ्चार र प्रशासनिक कामका लागि प्राप्त जिम्मेवारी पूरा गर्ने बताए ।
अध्यादेशमार्फत उपकुलपति डा. अच्युत वाग्लेलगायत पदाधिकारी पदमुक्त भएपछि विश्वविद्यालयको परीक्षा नियन्त्रक रहेका वाग्लेले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया 4