+
+
Shares

कार्यवाहक मेयर डंगोल र सिंगापुरका डेपुटी एम्बेस्डरबीच शिष्टाचार भेट

भेटमा दुवैजनाबीच काठमाडौंको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुराकानी भएको कार्यवाहक मेयर डंगोलको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:३४

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगाेल र नेपालका लागि सिंगापुरका डेपुटी एम्बेस्डर सुमाया बाकाभीबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार काठमाडौं प्लाजास्थित कार्यवाहक मेयर डंगोलको बैठक कक्षमा दुवैजनाबीच भेटवार्ता भएको हो ।

भेटमा दुवैजनाबीच काठमाडौंको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुराकानी भएको कार्यवाहक मेयर डंगोलको सचिवालयले जनाएको छ ।

भेटमा क्रममा डेपुटी एम्बास्डर वाकाभीले सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्वलगायतका विषयमा जिज्ञासा राखेकी थिइन् ।

भेटमा सिंगापुर दूतावासका पोलिटिकल फस्ट सेक्रेटरीद्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया सहभागी थिए भने, महानगरपालिकाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतमलगायतका अधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?