+
+
Shares

स्टार्टअपलाई सहज बनाउन ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना

नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम एकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मका रुपमा ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना गर्ने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप, साना तथा मझौला उद्यमलाई सहज बनाउन \'नेपाल इन्टरप्राइज फेसिलिटी\' स्थापना गर्ने भएको छ ।
  • यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था गर्नुका साथै नवीन वित्तीय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअपलाई सहयोग सञ्जालमा जोड्ने अर्थमन्त्री वाग्लेले बताए ।
  • अर्थमन्त्री वाग्लेले भने, \'कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने छौँ ।\'

१५ जेठ, काठमाडौं । सरकारले स्टार्टअप र साना तथा मझौला उद्यमलाई सहज बनाउन एकीकृत प्लेटफर्म बनाउने भएको छ ।

नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम एकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मका रुपमा ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना गर्ने भएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार, यो प्लेटफर्मले उद्यमसम्बन्धि नीतिगत व्यवस्था गर्नेछ । नवीन वित्तिय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअप गर्नेलाई  इनक्युबेसनसहितको सहयोग सञ्जालमा जोड्नेछ ।

साथसाथै स्वदेशी उद्यम अभियानलाई एकीकृत रुपमा अगाडि बढाउन यो प्लेटफर्मले भूमिका खेल्ने वाग्लेले बताएका छन् । त्यस्तै, स्टार्टअप सुविधा उपलब्ध गराउने बताउँदै वाग्लेले थप भनेका छन्, ‘कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?