+
+
Shares

हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व : यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताए ।
  • उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै विश्वव्यापी सहकार्यमा जोड दिए ।
  • "नेपालका हिमालहरू विश्वकै पहिचान हुन् । यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ," उनले भने ।

१६ जेठ, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् ।

‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गरे ।

साथै, यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको उल्लेख पनि गरे ।

तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उनले विविधता नै नेपालको शक्ति भएको उनले बताए ।

सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डा. यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा उनले राखे ।

‘नेपालका हिमालहरू विश्वकै पहिचान हुन् । यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ,’ उनले भने, ‘पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्छ र अवसरहरू सिर्जना गर्छ । तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?