News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको पहिलो खेलमा नेपाल ए टोली केरलासँग डीएल पद्धति अनुसार १५ रनले पराजित भएको छ ।
- खेलमा पहिले ब्याटिङ गर्दै केरलाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो ।
- ३३२ रनको लक्ष्य पछ्याएको नेपाल २२.३ ओभरमा १३४ रन बनाउँदा वर्षा बाधक बनेपछि खेलको नतिजा डीएल पद्धतिबाट लिइएको हो ।
१६ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको पहिलो खेलमा नेपाल ए पराजित भएको छ ।
केरलाले दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ए २२.३ ओभरमा १३४-३ को अवस्थामा हुँदा वर्षा भएपछि खेल हुन सकेन । त्यसबेला डीएल पद्धति अनुसार नेपाल १५ रनले पछाडि परेपछि पराजित भएको हो ।
नेपाल ए का लागि देव खनालले ५७ तथा अर्जुन कुमालले ५० रन बनाए । कप्तान अनिल साहले १९ रन बनाएर नटआउट रहेका थिए ।
केरलाका लागि फानूज फैज र असिफ सलामले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केरलाले ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रनको योगफल बनाएको थियो । अहम्मद इमरानले १२२ रन बनाए । अभिषेकले ५६ तथा मोहम्मद अजहरुद्दिनले ५५ रन बनाए ।
नेपालका लागि आकाश चन्दले ३, बिपिन खत्रीले २ तथा राशिद खान र बसिर अहमदले १-१ विकेट लिए ।
-फाइल तस्वीर
प्रतिक्रिया 4