१६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार यहाँ उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिस्ट एकता आवश्यक रहेको बर्ता ।
नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबीच विभाजन आउने गरेको उनले बताए । उनले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।
सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिए । –रासस
प्रतिक्रिया 4