+

पुलिसिकको गोलमा सेनेगलमाथि अमेरिकाको जित

२०८३ जेठ  १८ गते १०:१३ २०८३ जेठ १८ गते १०:१३
पुलिसिकको गोलमा सेनेगलमाथि अमेरिकाको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले विश्वकप तयारीअन्तर्गतको मैत्रीपूर्ण खेलमा सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
  • खेलमा अमेरिकाका सर्जिनो डेस्ट, क्रिस्टियन पुलिसिक र फोलारिन बालोगुन तथा सेनेगलका कप्तान साडियो मानेले दुई गोल गरे ।
  • विश्व वरीयताको १६औं स्थानमा रहेको अमेरिकाले आफ्नो आगामी मैत्रीपूर्ण खेल जुन ६ मा जर्मनीसँग खेल्नेछ ।

१८ जेठ, काठमाडौं । अमेरिकाले विश्वकप तयारीअन्तर्गतको मैत्रीपूर्ण खेलमा सेनेगल लाई ३–२ ले पराजित गरेको छ । अमेरिकाको जितमा सर्जिनो डेस्ट, क्रिस्टियन पुलिसिक र फोलारिन बालोगुन ले गोल गरे।

खेलको सातौं मिनेटमा डेस्टले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा पुलिसिकले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए । पुलिसिकको यो नोभेम्बर २०२४ यताकै पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

सेनेगलका लागि कप्तान साडियो मानेले दुई गोल गरे । उनले ४४औं र ५२औं मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । तर ६३औं मिनेटमा बालोगुनले निर्णायक गोल गरेपछि अमेरिका ३–२ ले विजयी भयो ।

विश्व वरियतामा १६औं स्थानमा रहेको अमेरिकाले अब जुन ६ मा जर्मनी सँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जुन १२ मा पाराग्वे विरुद्ध खेलेर विश्वकप अभियान सुरु गर्नेछ ।

अमेरिकी फुटबल टोली क्रिस्टियन पुलिसिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय