+
फिफा विश्वकप २०२६ :

सोउसेकको कप्तानीमा विश्वकपका लागि चेक रिपब्लिकको टोली घोषणा

२०८३ जेठ  १८ गते १०:५० २०८३ जेठ १८ गते १०:५०
सोउसेकको कप्तानीमा विश्वकपका लागि चेक रिपब्लिकको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेक रिपब्लिकले आगामी फिफा विश्वकप २०२६ का लागि मिडफिल्डर तोमस सोउसेकको कप्तानीमा २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
  • सन् २००६ पछि पहिलो पटक विश्वकपमा फर्किएको चेक रिपब्लिक प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ ।
  • चेक रिपब्लिकले विश्वकप अन्तर्गत जुन १२ मा दक्षिण कोरिया, जुन १८ मा दक्षिण अफ्रिका र जुन २५ मा मेक्सिकोको सामना गर्नेछ ।

१८ जेठ, काठमाडौं । चेक रिपब्लिकले आगामी फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी अनुभवी मिडफिल्डर तोमस सोउसेक ले गर्नेछन् । ३१ वर्षीय सोउसेक टोलीका सबैभन्दा अनुभवी खेलाडी मानिन्छन् ।

टोलीमा व्लादिमिर कोउफाल, लाडिस्लाव क्रेज्ची, हुगो सोचुरेक र पाट्रिक शिक जस्ता प्रमुख खेलाडी समावेश छन् ।

चेक रिपब्लिक २००६ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो । टोली समूह ‘ए’ मा रहेको छ र उसले पहिलो खेल जुन १२ मा दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।

त्यसपछि जुन १८ मा दक्षिण अफ्रिका र अन्तिममा जुन २५ मा सह–आयोजक मेक्सिको सँग प्रतिस्पर्धा गर्नेछ ।

चेक रिपब्लिकको टोली

गोलकिपर : लुकास होर्निचेक, मातेय कोभार, जिन्द्रिच स्टानेक

डिफेन्डर : व्लादिमिर कोउफाल, डेविड डोडेरा, तोमास होलेस, रोबिन हरानाक, स्टेपान चालोउपेक, डेविड जुरासेक, लाडिस्लाव क्रेज्ची, यारोस्लाभ जेलेनी, डेविड जिमा

मिडफिल्डर : लुकास चेर्भ, व्लादिमिर डारिदा, लुकास प्रोभोड, मिचाल सादिलेके, हुगो सोचुरेक, अलेक्जान्द्र सोयका, तोमास सोउसेक, पावेल सुच, डेनिस भिसिन्स्की

फरवार्ड : आदम होलजेक, तोमास चोर्ही, मोयमिर च्यतिल, जान कुच्ता, पाट्रिक शिक

चेक रिपब्लिक फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय