+

फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा

२०८३ जेठ  १८ गते ११:२३ २०८३ जेठ १८ गते ११:२३
फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ का लागि उरुग्वेका मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति टोली घोषणा गरेका छन् ।
  • घोषित टोलीमा कप्तान फेडेरिको भाल्भेर्डे, डिफेन्डर जोसे मारिया जिमेनेज र गोलकिपर फर्नान्डो मुस्लेरा परेका छन् ।
  • चोटबाट फर्किएका मिडफिल्डर जियोर्जियन डे अरास्काएता पनि उरुग्वेको टोलीमा समावेश भएका छन् ।

१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि उरुग्वेको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति टोली घोषणा गरेका हुन् ।

टोलीमा कप्तान तथा मिडफिल्डर फेडेरिको भाल्भेर्डे, अनुभवी डिफेन्डर जोसे मारिया जिमेनेज र गोलकिपर फर्नान्डो मुस्लेरा समावेश छन् ।

त्यसैगरी चोटबाट फर्किएका मिडफिल्डर जियोर्जियन डे अरास्काएता पनि टोलीमा परेका छन्।

उरुग्वे समूह चरणमा उत्कृष्ट तयारीसहित विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्नेछ ।

उरुग्वेको टोली

गोलकिपर : सान्टियागो मेले, फर्नान्डो मुस्लेरा, सर्जियो रोचेत

डिफेन्डर : रोनाल्ड अराउजो, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला, माथियास भिना

मिडफिल्डर : म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेन्टान्कुर, अगुस्टिन कानोबियो, निकोलास डे ला क्रुज, एमिलियानो मार्टिनेज, फाकुन्डो पेलिस्त्री, ब्रायन रोड्रिगेज, जुआन म्यानुअल सानाब्रिया, म्यानुएल उगार्टे, फेडेरिको भाल्भेर्डे, रोड्रिगो जालाजार

फरवार्ड : रोड्रिगो अगिरे, फेडेरिको भिनास, डार्विन नुनेज

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय