+
+
Shares

चितवनमा कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:४५

२१ जेठ, चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले चालकले मापसे सेवन गरेर बस चलाएको आरोप लगाएका छन् ।

आफन्तदले घटनास्थलबाट शव पनि उठाएका छैनन् । आक्रोशित स्थानीयले बस तोडफोड गरेका छन् ।

केहीवर्षसोही कलेजको बसले टिकौली जंगलमा ७ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । सो बसका चालकले गाँजा खाएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?