+
+
Shares

हिजबुल्लाहले भन्यो- इजरायल र लेबनानबीचको युद्धविराम मान्दैनौं

अमेरिका, इजरायल र लेबनानले बुधबार मात्रै संयुक्त वक्तव्य जारी गरेर युद्धविराम सम्झौता भएको घोषणा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २१:२४
हिजबुल्लाहका नेता नइम कासिम

२१ जेठ, काठमाडौं । लेबनानको सशस्त्र समूह हिजबुल्लाहले हालै इजरायल र लेबनान सरकारबीच भएको युद्धविराम सम्झौता नमान्ने घोषणा गरेको छ । अमेरिकाको मध्यस्थकर्तामा भएको युद्धविराम सम्झौताका सर्त पूर्ण रूपमा इन्कार गर्दै त्यसलाई नमान्ने घोषणा गरेको हो ।

हिजबुल्लाहका नेता नइम कासिमले बिहीबार एक वक्तव्यमा दुई देशबीच भएको युद्धविराम सम्झौताबारे भएको वार्ता ‘बेकार’ रहेको बताउँदै त्यो लेबनानका लागि ‘अपमानजनक’ भएको टिप्पणी गरेका छन् ।

उनले लेबनानका बहुसंख्यक जनताले उक्त सम्झौता स्वीकार नगर्ने पनि दाबी गरेका छन् ।

अमेरिका, इजरायल र लेबनानले बुधबार मात्रै संयुक्त वक्तव्य जारी गरेर युद्धविराम सम्झौता भएको घोषणा गरेका थिए । उक्त घोषणामा हिजबुल्लाहले गोलीबारी बन्द गरेपछि मात्रै युद्धविराम लागु हुने भनिएको थियो ।

तर, हिजबुल्लाहका नेता कासिमले यस्तो जवाफ दिएपछि युद्धविराम सम्झौताको भविष्य जोखिममा परेको छ ।

‘यो युद्धविरामअनुसार हिजबुल्लाहले गोलीबारी रोक्नुपर्छ र इजरायलको सीमा नजिक दक्षिणी क्षेत्रबाट आफ्ना लडाकु हटाउनुपर्छ,’ हिजबुल्लाहका नेता कासिमले भनेका छन्, ‘यो कुरा आत्मसमर्पण बराबर हो र यसले इजरायलको लक्ष्य पूरा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?