+

एरिकासहित ८ कराते खेलाडी २०औं एसियन गेम्सका लागि छनोट

२०८३ जेठ  २७ गते ७:५९ २०८३ जेठ २७ गते ७:५९
एरिकासहित ८ कराते खेलाडी २०औं एसियन गेम्सका लागि छनोट

२७ जेठ, काठमाडौं । स्टार खेलाडी एरिका गुरुङसहित ८ कराते खेलाडी जापानको आइची-नागोयामा सेप्टेम्बर-अक्टोबरमा हुने २० औं एसियन गेम्सको लागि छनोट भएका छन् ।

नेपाल कराते महासंघले आयोजना गरेको छनोट प्रतियोगिताबाट ८ खेलाडी छनोट भएको कराते महासंघले जनाएको छ । जसमा चीनमा भएको १९औं एसियन गेम्समा ऐतिहासिक रजत विजेता खेलाडी एरिकाले दोस्रो पटक एसियन गेम्समा खेल्ने भएकी हुन् ।

एरिका एसियन गेम्समा करातेमा रजत जित्ने पहिलो नेपाली खेलाडी हुन् । एरिकाले पछिल्लो समय लगातार विश्वस्तरिय प्रतियोगिता खेल्दै पदकहरू समेत जित्दै आएकी छिन् ।

उनीसँग नियमित शीर्ष वरियताको खेलाडीसँग खेलेको अनुभव छ । एरिकाले कराते वान प्रिमियर लिगमा दुई रजत पदक जितेकी छन् ।

एरिकासँगै १९औं एसियन गेम्स खेलेका निरुपमा दोङ तामाङ र काताका स्वनिम मानन्धर पनि २०औं संस्करणका लागि छनोट भएका छन् ।

२०औं एसियन गेम्सका लागि महिलातर्फ कुमितेमा एरिकाले ६८ केजी माथि तौल समूहमा खेल्नेछन् । यस्तै ५० केजी तौल समुहमा पुष्पका लामा र ६८ केजीमुनी निरूपा दोङ तामाङ छनोट भएका छन् ।

पुरुषतर्फ ५५ केजीमा राकेश मानन्धर, ६० केजीमा मीन बहादुर तामाङ र ८४ केजीमाथिको तौल समुहमा तेन्जिङ शेर्पा छनोट भए ।

कातातर्फ पुरूषमा स्वनिम मानन्धर र महिलामा सानुमाया थिङ तामाङ छनोट भएका छन् ।‌

यसैगरी करातेको प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहनेछन् ।

२०औं एसियन गेम्स एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय