0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउन सभामुखले रुलिङ गर्नुपर्छ : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १८:१५

२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउन सभामुखसँग रुलिङ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै साम्पाङले सभामुखलाई रुलिङ गर्न माग गरेका हुन् । ‘प्रधानमन्त्रीलाई तपाईंले रुलिङ गरेर ल्याउनुपर्छ । किनकि उहाँ पनि हामी मध्येको एक जना पार्लियमेन्ट हो,’ उनले भने ।

संसद् विधिबाट चलाउन पनि प्रधानमन्त्री संसद्‍मा आउनुपर्ने साम्पाङको तर्क छ । ‘प्रधानमन्त्री यो संसद् र संविधान भन्दा ठूलो होइन,’ उनले भनेका छन् ।

सभामुखले आफ्नो पार्टीलाई बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजी सहित संसद् अवरोध गरको थियो । यसपछि बोल्ने समय पाएका साम्पाङले सदन अवरुद्ध भएकोप्रति माफी मागे ।

‘बोल्न पाउनलाई नाराबाजी गर्नुपर्‍यो । हाम्रो कारणले पर्न गएको असुविधाप्रति क्षमा पनि माग्छौ,’ उनले भने, ‘सभामुखको तर्फबाट पनि व्यवहार आगामी दिनमा यस्तो नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?