0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा प्रदेश अधिवेशन :सभापतिमा चार जना मात्रै उम्मेदवार

तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चार जना मात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १९:३६

२७ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेश सभापतिका लागि चार जना मात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मोरङको बिराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनमा सात जनाले सभापतिका लागि मनोनयन दर्ता गरेका थिए । तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि चार जना मात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा सुनसरीकी निर्वतमान कार्यवहाक सभापति गोमा तामाङ, झापाका चन्द्रकुमार गौली (निरज), तेह्रथुमका डाक्टर खगेन्द्र कटुवाल र मोरङका चन्द्रबहादुर राई उम्मेदवार छन् । प्रदेश सदस्यहरुमा ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सदस्यबाट निर्वाचित मध्येबाट पार्टीको उपसभापति १, प्रदेश महामन्त्री १ र सहमहामन्त्री २ जना छनोट गरिनेछ । सदस्यहरूबाट सर्वसम्मत छनोट हुन नसके निर्वाचन हुनेछ । नयाँ नेतृत्वका लागि आजै मतदान हुनेछ ।

रास्वपाले प्रदेश सभापति पदमा उम्मेदवारी दिनका लागि २१ हजार रुपैयाँ शुल्क तोकेको छ । प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ तोकेको छ । प्रदेश सदस्य पदको उम्मेदवारीका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?