0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

करको दर हेरफेरमा अर्थमन्त्रीले संसद्को अधिकारमा कैँची चलाउनुभयो : निश्कल राई

उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनमा पेश भएको आर्थिक विधेयकको करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकार मिचेको आरोप लगाएका छन् ।
  • बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती कसको स्वार्थमा भएको हो भनी प्रश्न गरे ।
  • सचेतक राईले सदनमा दर्ता भइसकेको विधेयक आफूखुशी बदल्ने कार्य राजद्रोह सरह भएकाले यसमाथि तत्काल छानबिन हुनुपर्ने माग गरेका छन् ।

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमा कैँची चलाएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिँदै राईले आर्थिक विधेयकमाथि फेरबदल गर्ना लागि नीति, विधि र प्रक्रिया रहेको भन्दै सदनमा पेश भएको आर्थिक विधेयकमा उल्लेख करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमा कैँची चलाएको टिप्पणी गरेका हुन् ।

उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे ।

सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानबिन हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?