+

बास्केटबल टोली सर्बिया जाने

२०८३ जेठ  २८ गते २१:५९ २०८३ जेठ २८ गते २१:५९
बास्केटबल टोली सर्बिया जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्बियामा जुन १३ देखि २२ सम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले च्याम्पियनसिपमा सहभागी हुने नेपाली बास्केटबल टोलीलाई बिदाइ गर्नुभयो ।
  • नेपाली टोलीमा आठ जना खेलाडीसहित टोली प्रमुख राजकुमार कार्की र प्रशिक्षक प्रेमसुन्दर होना रहनुभएको छ ।

२८ जेठ, काठमाडौं । सर्बियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा जुन १३ देखि २२ तारिख सम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली बास्केटबल टोली सर्बिया जाने भएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा आकार श्रेष्ठ, अद्वभित्य अग्रवाल, विपिन पोखरेल, खाईङ लिङ, आनन्द पोखरेल, प्रयास थापा, सुशान्त यादव र बर्दान मल्ल रहेका छन् । शुक्रबार जाने टोलीको प्रमुखमा राजकुमार कार्की तथा प्रशिक्षक प्रेमसुन्दर होना  छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई विदाई गरे ।

वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय