+
+
Shares

‘रोल नम्बर १’ ले कमायो १ करोड ३५ लाख, सामूहिक अवलोकन गर्दै विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्तमान शिक्षा प्रणालीमाथि प्रश्न गर्ने नेपाली फिल्म ‘रोल नं. १’ ले आइतबारसम्म देशभर १ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • ग्रामीण विपन्न परिवारको शैक्षिक संघर्ष देखाइएको यस फिल्म हेर्न विद्यालयहरूले विद्यार्थीलाई सामूहिक रूपमा हल भिजिट गराइरहेका छन्।
  • जोन योञ्जन निर्देशित तथा विनोद पौडेल निर्मित यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली र रेणु योगी लगायतको मुख्य भूमिका छ।

काठमाडौं । वर्तमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने नेपाली फिल्म ‘रोल नं. १’ अहिले देशब्यापी प्रदर्शन भैरहेको छ । फिल्मले आइतबारसम्म देशब्यापी १ करोड ३५ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माता बताउँछन् ।

जतिले हेरे, त्यतिले फिल्मको शिल्पको प्रशंसा गरेका छन् । अहिले यो फिल्मलाई हेर्न विद्यार्थी दर्शकको बाक्लो उपस्थिती छ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेका विनोद पौडेलको यो पछिल्लो कथानक फिल्म हो ।

उनका अनुसार, यो फिल्म हेर्न अहिले हलमा विद्यार्थी दर्शकको घुइँचो छ । विद्यालयले आफ्ना विद्यार्थीलाई सामूहिक अवलोकनको लागि हल भिजिट गराइरहेका छन् ।

फिल्म हेरिसकेपछि विद्यार्थीको प्रतिक्रिया उत्साहप्रद रहेको निर्माताको कथन छ । ‘परिवारले सँगै बसेर हेर्नुपर्ने सिनेमाको रूपमा विद्यार्थी दर्शकले लिएका छन्’ पौडेल भन्छन्, ‘हामीले विद्यालयबाट यो चलचित्र हेर्‍यौं, तर यसमा उठाइएका विषयवस्तु यस्ता छन् कि अभिभावकले पनि आफ्ना छोराछोरीसँगै बसेर हेर्न आवश्यक छ । परिवारभित्र संवाद र बुझाइ बढाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

म्याग्दीको रुम गाउँमा छायांकन गरिएको यो फिल्मले ग्रामीण परिवेशमा विपन्न परिवारले सन्तानलाई हुर्काउन र पढाउन गर्नुपरेको संघर्षको कथा पेश गर्छ । जसको कारण, ग्रामीण दर्शक पनि हलसम्म पुगेको निर्माता बताउँछन् ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?