News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको ठमेलबाट डेढ किलो कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सेनेगलका नागरिक अमदोउ सार र कोकिन लिन आएका दुई भारतीय महिला रुबी र सोनी रहेका छन् ।
- इथियोपियाबाट आएका सेनेगलका नागरिकको पेटबाट चिकित्सकको सहयोगमा ७६ वटा क्याप्सुलमा रहेको कोकिन निकालिएको ब्युरोले जनाएको छ ।
१ जेठ, काठमाडौं । डेढ किलो कोकिनसहित ठमेलबाट तीन विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सेनेगलका नागरिक ४३ वर्षीय अमदोउ सार, भारतीय नागरिक ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो काटेश्वरको टोलीले पक्राउ गरेको हो ।
ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीकाअनुसार २६ जेठमा कतार एअरवेजको उडान क्यूआर ६४६ बाट इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका सेनेगलका नागरिकले उक्त कोकिन ल्याएका हुन् । विमानस्थलबाट बाहिरिएर अमदोउ ठमेलको होटलमा गएर बसेका थिए ।
उक्त कोकिन प्लास्टिकले कोटेड गरी निलेर ल्याइएको थियो । स्वास्थ्यकर्मीको सहयोगमा उनको पेटबाट ७६ क्याम्पसुल अर्थात डेढ किलो कोकिन निकालिएको हो ।
दुई भारतीय महिला भने उक्त कोकिन रिसिभ गर्न आएका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4