+
+
Shares

फार्महाउसको आवरणमा लागुऔषध कारोबार, ट्रामाडोलसहित १३ जना समातिए

काठमाडौंमा फार्महाउसको आवरणमा लागुऔषधको कारोबार हुने गरेको पाइएको छ । यो प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको टोखा र चन्द्रागिरिका फार्महाउसबाट लागुऔषध कारोबारमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूबाट जमीनमा गाडिएको अवस्थामा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल र ७ लाख ८७ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

१ जेठ, काठमाडौं । काठमाडौंमा फार्महाउसको आवरणमा लागुऔषधको कारोबार हुने गरेको पाइएको छ । यो प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

टोखा र चन्द्रागिरिका फार्महाउसबाट १३ जनालाई ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोटका नीमा तामाङ, विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ, विकास काफ्ले, सिन्धुलीका माया विशंखे, कालिकोटका खड्क रोकया, कमला थामी, बाजुराका मेनुका थामी, बाराका सञ्जय साह सोनार, पर्साका प्रमोदप्रसाद कलवार, काठमाडौंकी मोनिका श्रेष्ठ र सुशीला महर्जन छन् ।

जमीनमा खाल्डो खनेर गाडेको अवस्थामा २ लाख ९ हजार क्याम्सुल ट्रामाडोल, विभिन्न एम्पुल २ हजार ४ सय, नगद ७ लाख ८७ हजार ५ सय र २८ थान मोबाइल बरामद भएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?