+
+
Shares

मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ७:४६

४ असार, सप्तरी । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।

ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नागेन्द्र यादवको इच्छा तथा मन्जुरी विपरीत सोही वडा बस्ने २२ वर्षीया एक किशोरीसँग जबर्जस्ती बिहे गराइदिएको आरोप छ । उनीहरुको बिहे वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो ।

पछि नागेन्द्रले आफ्नो मन्जुरी नहुँदानहुँदै कुटपिट गरी जबर्जस्ती बिहे गराइएको भन्दै ठाकुरविरुद्ध जाहेरी दिएका थिए ।

त्यसपछि फरार रहँदै आएका ठाकुरलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?