News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभ नेपालले डीजीओसँग साझेदारी गर्दै 'विश्वकप फुटबल २०२६ राइड एन्ड विन' नामक नयाँ क्याम्पेन सार्वजनिक गरेको छ ।
- फुटबल समर्थकलाई लक्षित यो क्याम्पेन १६ जुनदेखि १८ जुलाईसम्म सञ्चालन हुने इनड्राइभले जनाएको छ ।
- यस योजनाअन्तर्गत ग्राहकले इनड्राइभ एपमार्फत यात्रा गरेर डीजीओ फुटबल सिजन पासमा विशेष छुट वा निःशुल्क पास जित्न सक्नेछन् ।
४ असार, काठमाडौं । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिसहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म- डीजीओसँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको इनड्राइभले जनाएको छ ।
क्याम्पेन १६ जुनदेखि १८ जुलाईसम्म सञ्चालन हुनेछ । ‘दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य क्याम्पेनको हो’ कम्पनले एक विज्ञप्तिमा भनेको छ ‘यस साझेदारीअन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भौचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।’
राइड–हेलिङ सेवा र खेलकुद स्ट्रिमिङ अनुभवलाई एकैसाथ जोड्दै इनड्राइभ र डीजीओले विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगितामध्ये एकको अवसरमा आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने लक्ष्य राखेका छन् ।
क्याम्पेन अन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ता स्वतः र्याफल ड्रमा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन् ।
क्याम्पेन अवधिभर कुल २,५०० वटा डीजीओ फुटबल सिजन पास भौचर वितरण गरिने इनड्राइभ नेपालले जनाएको छ । ‘पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटा भौचर उपलब्ध गराइनेछ, जसले हजारौं फुटबल समर्थकलाई डीजीओमार्फत प्रत्यक्ष विश्वकप फुटबल प्रसारण हेर्ने अवसर प्रदान गर्नेछ’ कम्पनीले भनेको छ ।
प्रतिक्रिया 4