+
+
Shares

‘रोल नं १’ ले टिकट शुल्कमा ५० प्रतिशत छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र ‘रोल नं १’ को टिकट शुल्कमा दर्शकले ५० प्रतिशत छुट पाउने भएका छन् ।
  • स्कुल, अभिभावक र विद्यार्थीको अनुरोधमा नेपालभरका सिनेमाघरमा यो छुट लागू गरिएको निर्माता विनोद पौडेलले बताए ।
  • जोन योञ्जनद्वारा निर्देशित यस चलचित्रले विद्यार्थीको मानसिक दबाब र अभिभावकको संघर्षको कथा उठाएको छ ।

काठमाडौं । ‘रोल नं १’ दर्शकले आधा शुल्कमै फिल्म हेर्न पाउने भएका छन् । निर्माताले टिकट शुल्कमा ५० प्रतिशत छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै अब यो फिल्मको टिकटट मूल्यमा दर्शकले आधा छुट पाउनेछन् । विद्यार्थी र अभिभावकले टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताए ।

‘स्कुल, अभिभावक र विद्यार्थीको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ,’ निर्माता पौडेलले भने, ‘नेपालभरका सहभागी सिनेमाघरमा ५० प्रतिशत छुट लागु भइसकेको छ ।’

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको यो फिल्मम प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?