News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षीय मनोज ठाडा मगरको मृत्यु भएको छ ।
- खोलामा डुबेर अशक्त भएका मगरको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
४ असार, सुर्खेत । सुर्खेतमा एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीय मनोज ठाडा मगरको सोही ठाउँस्थित झुप्रा खोलामा डुबेर बिहीबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पौडी खेल्ने क्रममा डुबेर उनी अशक्त भएका थिए ।
उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
उपचारकै क्रममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4