+
+
Shares

बाजुरा बस दुर्घटनामा २३ जना घाइते

साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साँफे–मार्तडी राजमार्गको बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
  • महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएको थियो ।
  • दुर्घटनाका सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

७ असार, बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?