+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा न्यूजिल्यान्ड एक गोलले अघि

२०८३ असार  ८ गते ७:३७ २०८३ असार ८ गते ७:३७

भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा न्यूजिल्यान्डले एक गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको खेलमा न्यूजिल्यान्डले फिन सम्र्यानको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको छ।

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा न्यूजिल्यान्डले इजिप्टविरुद्ध अग्रता लिएको छ ।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा न्यूजिल्यान्डले एक गोलको अग्रता लिएको हो ।

फिन सम्र्यानले १५औं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए ।

पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ । यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय