+
+
Shares

रास्वपामा मनोनीत केन्द्रीय सदस्यले पदाधिकारी बन्न चाहे मनोनीत नै हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते २०:१९

१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको उम्मेदवारहरूको प्रारम्भिक नामवली सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको सूचना अझै आएको छैन । आज बुधबार राति साढे ८ बजेबाट मतदानको काम सुरु गर्ने तयारी निर्वाचन आयोगको छ ।

उम्मेदवारहरूको नाम मेसिनमा चढाउने काम भइरहेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

पार्टी सभापतिमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेकोले उनी सर्वसम्मत भएका छन् भने बाँकी ९९ जना केन्द्रीय सदस्य (भूगोल ३५ र खुला ६४) जनाका लागि महाविधेशन प्रतिनिधीहरूले मतदान गर्दैछन् ।

९९ जनाका लागि उम्मेदवारको प्रारम्भिक चरणमा रहेको संख्यालाई आधार मान्दा ३८४ जनाको उम्मेदवारी परेको छ । ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले मनोनीत बाहेकका पदाधिकारी पदमा उम्मेदवारी दिन र पुन: प्रतिनिधीहरूले मतदान गरेर पदाधिकारी छानिनुपर्ने रास्वपाको विधानमा व्यवस्था छ ।

१५१ सदस्यीय रास्वपाको केन्द्रीय समितीमा ५१ जना पार्टी सभापतिले मनोनीत गरेर केन्द्रीय सदस्य बनाउने छन् । मनोनीत केन्द्रीय सदस्यले मनोनीत गरिने पदाधिकारीमा मात्रै उम्मेदवार दिन पाउनेछन् ।

रास्वपाको १९ सदस्यीय पदाधिकारीमा वरिष्ठ नेतासहित १२ जना पदाधिकारी सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ ।

५१ जना केन्द्रीय सदस्य छानेपछि मात्रै मनोनीत पदाधिकारी पदमा उनीहरूले उम्मेदवारी दिन पाउने रास्वपाका सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

रास्वपाको विधान अनुसार वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ गरेर १२ जना सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । सभापतिसहित ७ जना मात्रै महाविधेशन प्रतिनिधिले निर्वाचित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?