+

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने

२०८३ असार  १४ गते १४:२४ २०८३ असार १४ गते १४:२४

रसिला एसिया ट्रेल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्ट्रा रनर रसिला तामाङ दुई महिनाको विशेष प्रशिक्षणका लागि आइतबार स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन्।
  • एसिया ट्रेल मास्टर्स विजेता रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण लिनुका साथै तीनवटा अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन्।
  • पर्वतारोहीसमेत रहेकी रसिलाले यालुङ रि र आइल्यान्ड पिक्सहित पाँचवटा हिमालको सफल आरोहण गरिसकेकी छन्।

१४ असार, काठमाडौं । अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन् ।

एसिया ट्रेल मास्टर्स महिला च्याम्पियन्सीपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाईमा स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन् । रसिला एसिया ट्रेल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन् ।

प्रशिक्षणककै समयमा रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन् ।

पर्वतारोही पनि रहेकी उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर)को सफल आरोहण गरेकी छन् ।

रसिला तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय