१४ असार, काठमाडौं । नेपाल समाचारपत्रकी पत्रकार भगवती तिमल्सिनाले ‘लायन्स वरिष्ठ पत्रकार सम्मान–२०८३’ प्राप्त गरेकी छिन् । बनेपामा शुक्रबार आयोजित लायन्स वर्ष २०२५–२०२६ को चौथो क्याबिनेट बैठक तथा सम्मान समारोहमा पत्रकार तिमल्सिना सम्मानित भएकी हुन् ।
पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ जी मल्टिपल डिस्ट्रिक्ट, नेपालले उनलाई यो सम्मान प्रदान गरेको हो ।
सोही समारोहमा वरिष्ठ साहित्यकार मोहन दुवाललाई ‘लायन्स वरिष्ठ साहित्यकार सम्मान’ प्रदान गरियो ।
नेपाल समाचार पत्रमा कार्यरत पत्रकार तिमल्सिनाले पत्रकारितामार्फत समाज रूपान्तरण, जनस्वास्थ्य तथा समसामयिक समाजलाई सू-सुचित गर्दै आएकी छिन् ।
त्यस्तै दुवाले नेपाली साहित्यको क्षेत्रमालामो समयदेखि निरन्तर समर्पित रहँदै आएका छन् । जनमत साहित्य मासिकबाट देश र विदेशमा साहित्यलाई बनेपामा केन्द्रित बनाउने काम उनले गरेका छन् ।
साहित्यमा निबन्ध, कविता र समालोचनाका क्षेत्रमा पनि उनको गदान रहेको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जीले प्रत्येक वर्ष पत्रकारिता, साहित्य, समाजसेवा तथा लायन्स आन्दोलनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया 4