Photo Credit : फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सेवाग्राहीलाई भ्रममा पारी रकम असुल्ने तीन जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अर्जुन रसाईली, महेश सुवेदी र सुदिप माझी रहेका छन् भने उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
- प्रहरीले उनीहरूको साथबाट नगद ४५ हजार ५ सय रुपैयाँसहित तीन वटा गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र बरामद गरेको छ।
१४ असार, काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ३९ वर्षीय महेश सुवेदी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३१ का सुदिप माझी रहेका छन् ।
उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट नगद ४५ हजार ५ सय, तीन वटा गाडीको बिलबुक र लाइसेन्स बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4