+
+
Shares

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी उपसभापति सोबिता गौतमले पार्टीको पहिलो महाधिवेशनबाट प्राप्त जिम्मेवारीले आफूमा थप उत्तरदायित्व महसुस भएको बताएकी छिन् ।
  • उनले पार्टीको एकता, संस्थागत सुदृढीकरण र जनताप्रतिको प्रतिबद्धतामा इमानदारीपूर्वक समर्पित रहने दृढता व्यक्त गरेकी छिन् ।
  • महाधिवेशनमा सर्वाधिक दोस्रो मतसहित निर्वाचित भएकी गौतमले आजैदेखि मन्त्रालयको काममा पूर्ण रूपमा खटिने जानकारी गराएकी छिन् ।

१४ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थप जिम्मेवारी र उत्तरदायित्व महसुस गरेको बताएकी हुन् ।

महाधिवेशनका क्रममा भएका भेटघाट, संवाद र लोकतान्त्रिक अभ्यास अत्यन्त प्रेरणादायी र महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘पार्टीको उपसभापतिको जिम्मेवारी प्राप्त गर्दैगर्दा अझ ठूलो जिम्मेवारी र उत्तरदायित्व महसुस भएको छ,’ उनले भनेकी छिन्, ‘पार्टीका मूल्य, सिद्धान्त र उद्देश्यप्रति सधैं निष्ठावान रहँदै, पार्टीको एकता, संस्थागत सुदृढीकरण र जनताप्रतिको प्रतिबद्धताको संरक्षण र प्रबर्द्धनमा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले अब आजबाटै पूर्ण रुपमा मन्त्रालयको काममा खटिएको बताउँदै आफूलाई विश्वास गर्ने सबै प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् ।

पहिलो महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा सर्वाधिक दोस्रो मत ल्याएर विजयी भएकी थिइन् भने उपसभापतिमा तोसिमा कार्कीलाई पराजित गर्दै जित हात पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?