News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आर्मीले ३०औं पुरुष तथा ११औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा सबै ११ वटा स्वर्ण पदक जित्दै वर्चस्व कायम गरेको छ ।
- त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
१४ असार, काठमाडौं । नेपाल आर्मीले ३०औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आइतबार वर्चस्व कायम गरेको छ ।
प्रतियोगितामा पुरुषमा ६ तथा महिला ५ गरी ११ स्वर्णका लागि भएको प्रतिस्पर्धा भएकोमा सबै ११ स्वर्ण आर्मीका खेलाडीले जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमा प्रेम चौधरी, ६० केजीमा नितेश नेपाली, ७० केजीमा गेशकुमार श्रेष्ठ, ८० केजीमा दीपक श्रेष्ठ, ९० केजीमुनि मदन कार्की र ९० केजीमाथि गणेश प्रधानले स्वर्ण जिते ।

नेपाल बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजीमुनि आरती भोम्जन, ५४ केजीमा वर्षा श्रेष्ठ, ६० केजीमा पुनम रावल, ६५ केजीमा चन्द्रकला थापा र ७५ केजीमा निरु गुरुङ पहिलो भए ।
विजेतालाई शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिका सदस्य पवन शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, आयोजक बक्सिङका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया 4