+
+
Shares

स्याङ्जाको बारीचौरमा चितुवा आतंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाको आक्रमणबाट स्थानीय निमबहादुर थापाका आठ वटा बाख्रा मरेका छन् ।
  • सोमबार राति खोरमा पसेको चितुवाले छ वटा बाख्रा मारेको र दुई वटा बोका लिएर गएको प्रहरीले जनाएको छ ।
  • प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले घटनास्थलमा प्रहरी टोली पठाई क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो ।

१७ असार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले आतंक मच्चाएको छ । रातिको समयमा गाउँ छिरेर चितुवाले ८ वटा बाख्रा खोरमै मारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा सोमबार राति चितुवा पसेर आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबा६ थापाले पालेको छ वटा बाख्रा मरेका छन् भने दुई वटा बोका चितुवाले साथमै लिएर गएको प्रहरीले जनाएको छ ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

‘चितुवाले खोरमा पसेर छ वटा बाख्रा मारेको र दुई वटा बोका लगेको भन्ने सूचना आएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर थप बुझ्ने र आवश्यक विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ।

घटनापछि गाउँबस्ती नजिकै चितुवा देखिन थालेकाले स्थानीय त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?