+
+
Shares

राष्ट्रिय युवा परिषदद्वारा ६ युवा उद्यमी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते २१:२३

१९ असार, भक्तपुर । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्को सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कारवाट विभिन्न ६ नवदित् युवा उद्यमी पुरस्कृत  भएका छन् । शुक्रबार परिषद् परिसर सानोठिमीमा आयोजित प्रदर्शनी तथा प्रतिस्पर्धावाट ६ समुह छानिएका हुन् ।

पुरस्कृत हुनेमा डियर सर होम टिउसन प्रा.लि.का रविकिरण श्रेष्ठ, यार्साटेक प्रा.लि.की सविता शर्मा, इकागजपत्र प्रा.लि.का निकेश सिंह , सकल बायो इन्जाइम नेपालकी सरला महर्जन , भर्मिकाउ अर्ग्यानिक्सका  आयुश अवस्थी र सात्भिका भान्साघरकी महेश्वरीकुमारी सिंह रहेको परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

विजेतालाई जनही रु २ लाखका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा छानिएका युवा उद्यमीलाई  राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्लले पुरस्कार सहित सम्मान गरेका थिए ।

त्यसअघि सहभागीहरूले परिषद् परिसरमा निर्माण गरिएका विभिन्न स्टलमा अन्तिम १५ मा परेका युवा उद्यमीले आआफ्ना उत्पादन तथा व्यवसायको प्रदर्शनी गरेका थिए । कार्यक्रममा परिषदका पुर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा मन्त्रालयका सहसचिव हेमराज तामाङ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?