+
+
Shares

नख्खु कारागारबाट फरार कैदी उदयपुरमा पक्राउ

हाडनातामा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २३ वर्ष कैद सजाय तोकिएका एक फरार कैदीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

अभिमन्यु लामिछाने अभिमन्यु लामिछाने
२०८३ असार १९ गते २१:४०

१९ असार, उदयपुर । हाडनातामा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २३ वर्ष कैद सजाय तथा ७ लाख ५० हजार रुपैयाँ जरिबाना तोकिएका एक फरार कैदीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार बिहान अस्थायी प्रहरी पोस्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले फरार रहेका २६ वर्षीय कैदीलाई पक्राउ गरेको हो । उनको पहिचान भने खुलाइएको छैन ।

प्रहरीका अनुसार उनी २०८२ साल भदौ २४ गते भएको जेन्जि आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए । उनी ललितपुर जिल्ला अदालतबाट हाडनातामा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबाना सजाय सुनाइएपछि कैद भुक्तान गरिरहेका थिए ।

फरार अवस्थामै रहेका उनलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार कार्यालय उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?