+
फिफा विश्वकप २०२६ :

विश्वकपमा खराब प्रदर्शनपछि जर्मनीका प्रशिक्षक नागल्समानले छाडे पद

२०८३ असार  १९ गते २२:०१ २०८३ असार १९ गते २२:०१

विश्वकपबाट बाहिरिएपछि उनले एक विज्ञप्ती जारी गर्दै पद छाडेको घोषणा गरेका हुन् ।

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा खराब प्रदर्शन गरेपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकपबाट बाहिरिएपछि उनले एक विज्ञप्ती जारी गर्दै पद छाडेको घोषणा गरेका हुन् ।

जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणमा कुरासाओलाई ७–१ र आइभरी कोष्टलार्य २–१ ले पराजित गरेको जर्मनी इक्वेडरसँग २–१ ले पराजित भएको थियो ।

उनले एक विज्ञप्तिमा भनेका छन, ‘प्रतियोगिताबाट बाहिरिएपछिका दिनहरूमा मैले धेरै सोचविचार गरेँ र व्यक्तिगत रूपमा तथा महासंघभित्रका आफ्ना विश्वसनीय व्यक्तिहरूसँग परामर्श गरेँ । यो निर्णय मेरा लागि कत्ति पनि सजिलो थिएन । मेरो मुख्य प्राथमिकता सधैं टोलीको सफलता नै रह्यो । यस्तो तितो निराशापछि, उनीहरू (खेलाडीहरू) नयाँ सुरुवातको अवसर पाउन योग्य छन् ।’

उनी विश्वकपबाट बाहिरिएपछि राजीनामा दिने छैटौं प्रशिक्षक हुन् । नागेल्सम्यान सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको उत्तराधिकारीका रूपमा जर्मनीको प्रशिक्षक बनेका थिए । उनले जर्मनीलाई आफ्नै देशमा भएको यूईएफए यूरो २०२४ को क्वार्टरफाइनल र २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलसम्म पु¥याएका थिए । नागेल्सम्यानसँगै उनका सहायकहरू बेन्जामिन ग्लक र बेन्जामिन ह्युब्नरले पनि टोली छाड्ने भएका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय