+
+
Shares

सरकारबारे प्रचण्ड- भ्रम छरिएको थियो, १०० दिन पूर्ण असफल भयो

‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल भएको देख्छु म,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १६:३९
फाइल तस्वीर

२० असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् ।

शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल भएको देख्छु म,’ प्रचण्डले भने ।

अहिलेको आवश्यकता वाम एकता मात्र नभई कांग्रेससहितको सहकार्य जरुरी रहेको उनले बताए । उनले अगाडि भने, ‘वाम एकता भन्दा पनि कांग्रेस एमाले सबैसँग सहकार्यको कुरा हो, आजको आवश्यकता देशमा । हामीले त्यसमा प्रयास गरिराखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?