+
+
Shares

नक्कली भुटानी शरणार्थी प्रकरण : दुई पूर्वमन्त्री दोषी ठहर

प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते २१:००

२३ असार, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका ३० जना अभियुक्तमध्ये ७ जनालाई सफाइ र बाँकी सबैलाई दोषी ठहर गरेको छ ।

प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

तीन कसुरमध्ये अदालतले संगठित ठगीमा टोपबहादुर रायमाझी कसुरदार ठहर गरेको छ । यस्तै, खाँणलाई ठगी तथा संगठित अपराधको मतियार भएको ठहर गरेको हो ।

यस्तै अर्को अभियोग राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा पनि पूर्वमन्त्री रायमाझी कसुरदार ठहर भएका छन् । यसमा पनि खाँण मतियारका रूपमा दोषी ठहर फैसलाले गरेको छ ।

सरकारी लिखत किर्तेमा पनि रायमाझी दोषी ठहर भएका छन् । खाँणले भने यो कसुरमा सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?