+
+
Shares

गणेश नेपाली आत्मदाह प्रकरण : महानगर प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने

पीडित परिवारसँग भएको सहमित अनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट लेखी पठाउने सहमति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गणेश नेपाली आत्मदाह प्रकरणमा संलग्न काठमाडौं महानगरका प्रहरी कर्मचारीलाई छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निलम्बन गर्ने सहमति भएको छ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त घटनामा खटिएका कर्मचारीलाई निलम्बन गर्न महानगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको छ।
  • घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

२८ असार, काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

पीडित परिवारसँग भएको सहमित अनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट लेखी पठाउने सहमति भएको हो ।

सहमतिको बुँदा नम्बर ३ मा भनिएको छ, ‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यलय, काठमाडौंबाट लेखी पठाउने ।’

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले आज मात्रै उनीहरूलाई छाडेको छ ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमान्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?