+
+
Shares

गणेशकी श्रीमतीलाई काठमाडौं महानगरले रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म पढाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले गणेश नेपालीकी श्रीमतीलाई उनको योग्यता र क्षमताका आधारमा रोजगारी दिने निर्णय गरेको छ।
  • महानगरपालिकाले मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययन खर्च व्यहोर्ने र परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने सहमति गरेको छ।
  • मृतकको काजक्रिया खर्च र परिवारको स्वास्थ्य बीमाका लागि सरकारका निकायहरूसँग समन्वय गरी आवश्यक प्रबन्ध मिलाइने भएको छ।

२८ असार, काठमाडौं । गणेश नेपालीकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ ।

पीडित परिवारसँग आइतबार भएको सहमति अनुसार काठमाडौं महानगरपालिकाले मृतक नेपालीकी श्रीमतीलाई उनको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गर्ने भएको हो । काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकले यसबारे निर्णय लिनेछ ।

साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने छ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्य गर्नेछन् ।

यसैगरी काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने छ ।

मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइने छ ।

पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गरि सद्गत गर्ने जिम्मा लिइने सहमतिमा उल्लेख छ ।

मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौंमा काजक्रिया अवधिभर रहँदा बस्दा हुने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेछ ।

पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बीमाको कार्य स्वास्थ तथा खौ स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?