+
+
Shares

गृहमन्त्री सुधनले गणेशकी श्रीमतीलाई दिलाए नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आत्मदाहका कारण ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले आइतबार नागरिकता हस्तान्तरण गरेका छन् ।
  • मृतक नेपालीको परिवारसँग सरकारले आइतबार नौ बुँदे सहमति गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
  • त्रिपुरेश्वरमा मोटरसाइकलको ह्विललक प्रकरणपछि शरीरमा आगो लगाएका नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार मृत्यु भएको थियो ।

२८ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर गृहमन्त्री गुरुङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।

आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ का नेपालीको परिवारसँग सरकारले आइतबार ९ बुँदे सहमति गरेको छ ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?